काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मानबहादुर नेपालीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् । रुकुम काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महािधवेशनमा दलित कोटाबाट उम्मेदवारी दिने नेपालीले बताए ।
नेता नेपाली नेपाली काँग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति बन्ने मौका पाएका थिए । २०६७ देखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति भएका नेपालीले राष्ट्रिय दलित आयोगका नेतृत्व सम्हालेका थिए ।
नेता नेपाली माओबादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन मात्रै होइन कांग्रेसलाई बचाइराख्न समेत लागि परेका थिए । कर्णाली प्रदेशको दलितको नेतृत्व गर्दै उमेद्वारी दिने सोच बनाएका नेपालीले संस्थापन पक्षबाट दाबी गरेको बताएका छन् । कर्णाली प्रदेशमा संस्थापन पक्षले नै जित हासिल गरेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४ औं महाधिबेशन, #मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्