राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पूर्वराजाले हस्तक्षेप गरेको कमल थापाको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । सावित अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले निर्वाचित भएका हुन् । पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन शनिबार नेतृत्वका लागि चुनाव भएका थियो ।
सार्वजनिक भएको नतिजा अनुसार लिङदेनले थापालाई हराउँदै पार्टीको नेतृत्व लिन पुुगेका छन् । लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरेका हुन् । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ । यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेन भएका छन् ।
यस्तै, अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गरेका छन् । जारी मतगणनामा लिङदेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका छन् । फेसबुकमा उनले निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गरेको बताएका छन् । तर, निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप उनले लगाएका छन् । थापाले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’
यस्तै, महामन्त्रीमा धवलशमशेर राणा बिजयी भएका छन् । धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् । कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुन्तीकुमारी शाही विजयी, #राजेन्द्र लिङदेन विजयी
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्