राप्रपा महाधिबेशन आजदेखि,कमल थापा र राजेन्द्र लिङ्देनबीच भिडन्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपाको एकता भएपछि यसलाई एकता महाधिवेशन भनिएको हो । काठमाण्डौको भृकुटीमण्डपमा बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ । महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् ।
तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ । पटक–पटक जुट्दै र टुक्रिदै आएको राप्रपाको संसदमा एक सिट छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राप्रपाको एकता महाधिवेशन
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्