विदेशमा नेपालीले १५ अर्ब बढी खर्च गर्दा पर्यटक मार्फत नेपालमा भित्रियो चार अर्ब २० करोड मात्रै
काठमाडौं । विदेशीले नेपालमा पछिल्लो तीन महिनामा चार अर्ब २० करोड रुपैयाँ खर्च गरेको तथ्याङक सार्वजनिक भएको छ । तर, नेपालीले विदेशमा १५ अर्बभन्दा धेरै खर्च गरेको अर्को तथ्याङक पनि छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आयमा देशले २३ अर्ब ७९ करोडको घाटा व्यहोनुपरेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो ।
नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । गएको तीन महिनामा नै नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । अध्ययनका लागि विदेश जानेहरूले मात्रै तीन महिनामा आठ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #विदेशीले नेपालमा
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्