राष्ट्रियसभाको निर्वाचन माघ १२ गते तोकियो
काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ १२ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट चुनिनुपर्नेछ । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
आयोगको सुझावलाई मध्यनजर गर्दै निर्वाचनको मिति तय गरेको हो । यतिबेला सत्ता गठबन्धनमा रहेका ५ दल सिट बिभाजन गरी जाने बताएका छन् । गठबन्धनसँग एमाले एक्लैले चुनाव लड्नुपर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रियसभाको निर्वाचन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्