राष्ट्रियसभाको निर्वाचन माघ १२ गते तोकियो

काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ १२ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट चुनिनुपर्नेछ । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
आयोगको सुझावलाई मध्यनजर गर्दै निर्वाचनको मिति तय गरेको हो । यतिबेला सत्ता गठबन्धनमा रहेका ५ दल सिट बिभाजन गरी जाने बताएका छन् । गठबन्धनसँग एमाले एक्लैले चुनाव लड्नुपर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रियसभाको निर्वाचन
तपाईको कमेन्ट लेख्नुहोस्