प्रधानन्यायाधीशको वार्ता आह्वान बारद्धारा अस्वीकार, ५ न्यायाधीश उभिए राणाको पक्षमा

काठमाडौं । कार्तिक सात गतेदेखि सुरु भएको अदालतको गतिरोध अझै अन्त्य हुन सकेको छैन । बल्ल २३ औ दिनमा प्रधानन्यायाधीशले आन्दोलनरत पक्षलाई वार्तामा आउन र समाधान खोज्नका लागि आग्रह गरेका छन् । तर नेपाल बार एसोसियसनले भने वार्तामा नबस्ने अडान लिएको छ । जसले गर्दा प्रधानन्यायाधीश केही लचक देखिए पनि बारको अडानका कारण विवाद अझै लम्बिने देखिन्छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले तीन हप्तादेखि आन्दोलनरत बार एशोसिएशनलाई संवादका लागि आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधलाई सम्बोधनका लागि उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।
उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका हुन् । तर, प्रधानन्यायाधी जवराले वार्ताका लागि आग्रह गरेपनि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य शर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बारका अध्यक्षको भनाइ छ । उनले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्नका लागि गरेको बताए ।
त्यस्तै, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि वार्ता एउटा नाटक मात्र भएको बताएका छन् । उनले जसको राजिनामा मागिएको छ उहिसँग बार्ता बस्नुको कुनै औचित्य नहुने शाक्यको तर्क छ । प्रधानन्यायाधिस राणा केही लचक देखिएपनी बारले बार्तामा पनि नबस्ने अडान लिएपछि जारी आन्दोलन अझै लम्बिने देखिएको छ । तीन साता भन्दा धेरै समयदेखि आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलनलाई जारी राख्यो । नाराबाजी गर्दै सर्वोच्च अदालत भित्र गएका कानुन ब्यवसायी र प्रहरी बिच धकेलाधकेलको अवस्था भएको थियो ।
प्रधानन्यायाधीसलाई सर्वोच्चमा रोक लगाउने उनिहरुको योजना सोमबार पनि असफल भएको छ । भोलि मंगलबार भने दुवै गेटमा नै प्रदर्शन गर्ने घोषणा बारले गरेको छ । सोमबारको आन्दोलनलाई सशक्त बनाउन उपत्यकाका सबै बार एकाइहरु ब्यानर लिएर सर्वोच्च पुगेका थिए । यता नेपाल प्रहरीले भने प्रधानन्यायाधीशको पक्षमा नाराबाजी हुन सक्ने र झडपको अवस्था सिर्जना हुन सक्ने आकलन गर्दै शंकास्पद २० जनालाई पक्राउ गरेको थियो । तर, उनीहरुले सोमबार नाराबाजी भने गरेका थिएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्