Techie IT
  • १७ असार २०८२, मंगलबार
KhojPatrika

के-के भयो सर्वोच्च अदालतमा दिनभर, चोलेन्द्र चोरबाटो छिर्ने, वकिलबीच झडप


काठमाडौं । झन्डै तीन सातादेखि प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणाको राजिनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतको मुख्य प्रवेशद्वार अगाडि नै दुई घण्टा विरोध प्रदर्शन ग¥यो । प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्ने उद्देश्यबाट मुख्यद्धार छेकेर बसेका कानून व्यवसायीहरुलाई जिल्याउँदै राणा भने दोस्रो द्धारबाट प्रवेस अदालतमा मात्रै गरेनन्, इजलास समेत तोके । एक दिन अगाडि मात्रै सर्वोच्च अदालत परिसरमा विरोध गर्दा प्रहरीसँग रस्साकस्सीमा उत्रिएको नेपाल बार एसोसियसनले शुक्रबार बिहान १० बजेदेखि नै प्रधानन्यायाधीसले सधैँ प्रयोग गर्ने सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा प्रदर्शन ग¥यो । तर, कुनै पनि दबाबले पद नछाड्ने मनस्थितिमा पुगेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणालाई रोक्न वकिलको समूह सफल भएन ।

हुनत प्रधानन्यायाधीसलाई अदालत प्रवेशमा रोक लगाउन कानून व्यवसायीहरु बिहानैदेखि पम्प्लेटसहित मुख्य प्रवेशद्वारमा नारा लगाइ रहेका थिए । सर्वोच्च अदालतको मुख्य प्रवेशद्धार अगाडि नेपाल बारले प्रधानन्यायाधीशको विपक्षमा नारा लगाइरहँदा केही पर आफूलाई सामाजिक अभियन्ता बताउने समूहले उनको पक्षमा नाराबाजी गरिरहेको थियो । पक्ष र विपक्षमा नाराबाजी हुँदा भिडन्तको अवस्था सिर्जना हुने देखेर प्रहरीले हस्तक्षेप समेत गर्नु पर्यो । त्यही कारण प्रधानन्यायाधीसको पक्षमा नाराबाजी गरिरहेका ५ जनालाई प्रहरीले पक्राउ समेत गर्यो । प्रधानन्यायधीश राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बारका पदाधिकारी तथा अन्य वकिलहरुले छातीमा विभिन्न नारा अंकित प्लेकार्ड टाँसेका थिए ।

यता प्रधानन्यायाधिसलाई मुख्य द्धारमा नै रोक्ने कानून व्यवसायीको योजनालाई असफल बनाउन प्रधानन्यायाधीस राणा भने केही अबेला गर्दै दोस्रो नम्बरको गेटबाट सर्वोच्च अदालतमा प्रवेस गरे । करिव २ घण्टाको प्रदर्शनपछी नेपाल बारमा फर्किएका पदाधिकारी तथा कानुन व्यवसायीहरुले प्रधानन्यायाधिसको राजिनामा निकासको अर्को बिकल्प नभएको बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिने कि पदच्यूतको दिन पर्खिने भनेर रोज्नु पर्ने बताउदै, समय अझै घर्किनसकेको भन्दै उनले तत्काल राजीनामा दिएर निकास दिन आग्रह समेत गरे ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन््र शमशेर राणाले पैसाको आडमा न्यायको बन्ध्याकरण गरेको दाबी गरेका छन् । थापाले न्यायपालिकामा भइरहेको विवादमा राजनीतिक दलले बोल्न कि नबोल्ने भन्दै प्रश्न समेत गरेका छन् । प्रधानन्यायाधीश राणाले हारिसकेको भन्दै हार स्वीकार गरेर न्यायपालिकालाई थप क्षति हुनबाट रोक्न समेत आग्रह गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाको बलमा प्रधान्यायाधीश राणाले बारको आन्दोलनमा हस्तक्षेप गराएको आरोप नै लगाए ।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यावसायीहरूको अधिकारको द्धार बन्द गरेर हनन गर्न खोजिएकोमा आपत्ति जनाए । उनले आउँदो आइतबार पनि सर्वोच्च अदालत परिसरमा आफूहरू छिर्ने, र छिर्न नपाए मुख्य द्धारमा धर्ना दिने बताएका छन् । उता आन्दोलनले उग्र रुप लिइरहँदा इजलास समेत प्रभावित बनेको छ । शुक्रबारका लागि प्रधानन्यायाधीसले ८ वटा इजलास गठन गरेका थिउ । प्रधानन्यायाधीश राणाले आफूलाई कुनै पनि इजलासमा राखेनन् । तर, पनि उनको रापजनामा माग्दै आएका न्यायाधीसहरु शुक्रबार पनि इजलासमा बसेनन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं