सर्बोच्चमा झनै तनाव बढ्दो,शुक्रबार प्रधानन्यायाधीशलाई गेटबाटै छिर्न नदिने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा बिहीबार सर्वोच्च अदालत परिसरभित्र तनाव भयो । यसले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने आन्दोलनको कार्यक्रम घोषणा गर्यो ।
सरकारले सर्वोच्च अदालत रहेको रामशाहपथ क्षेत्रमा आन्दोलन तथा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । तर, केही दिनयता कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा धर्ना र नेपाल बार एशोसिएसनको प्राङ्गणमा विरोधसभा जारी छ । बिहीबार प्रहरीले कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा कोणसभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि कानून व्यवसायीहरु आन्दोलित भएर नारावाजी गरेका थिए । कानून व्यवसायीहरुमाथि धरपकड र बल प्रयोग भएको थियो ।
शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बारले चेतावनी दिएको छ । दुई सातादेखी जारी सर्वोच्च अदालतको विवाद कहिले टुंगोमा पुग्ने हो, कसैलाई थाहा छैन । किनकी विरोधमा उत्रिएको नेपाल बार एसोसियसनले आन्दोलनलाई निरन्तरता दिईरहेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको राजिनामा मागीरहेका न्यायाधिसहरुले फेरी इजलास बहिस्कार गर्न सुरु गरेका छन् ।
उता प्रधानन्यायाधीस राणा भने संबिधानले दिएको अधिकार प्रयोग गर्दै इजलास गठन गरिरहेका छन् । नेपाल बार एसोसियसन र सर्वोच्च अदालतका न्यायाधिसहरु आफूविरुद्ध आन्दोलनमा उत्रिए पनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भने कुनै पनि हालतमा राजीनामा नदिने बताइ सकेका छन् । बरु संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गर्दै सर्वोच्च अदालत सञ्चालन गर्दै आएका छन् ।
काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले आफू न्यायाधीशहरू र नेपाल बारको मागअनुसार राजीनामा दिने पक्षमा नरहेको संकेत गरेका छन् । प्रधानन्यायाधीश राणाले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले राणाको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्बोच्चमा झनै तनाव
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्