कुलमान आफै फिल्डमा, भरतपुरमा ३६ घण्टापछि बिद्युत सुचारु
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ । अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुगेका थिए । हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गरेको प्राधिकरणले जनाएको छ ।
बर्सेनि ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएपछि अस्ति दिउँसोदेखि बिजुली बन्द भएको थियो । सबस्टेसनमा समस्या आएपछि भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति रोकिएको थियो।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिजुली आपूर्ति
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्