पेट्रोलियम पदार्थको मूल्यवृद्धि सर्वसाधारण मारमा, तेलभित्र चलिरहेका छन् अनेकौं झेल
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजारमा अब दैनिक उपभोग्यबस्तुमा समेत मूल्यवृद्धि भइ, उपभोक्तलाई थप भार पर्ने भएको छ । सरकार भने कर उठाएर र आयल निगमको घाटा देखाएर जनतामाथि मूल्यवृद्धि थोपर्न उद्दत देखिएको छ । मुल्यवृद्धिको एकपछि अर्काे चपेटामा पर्दै आएका आम सर्वसाधारण उपभोक्ता पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् मारमा पर्ने भएका छन् । इन्धनको मूल्यवृद्धि अनुचित भएको अधिकारकर्मीहरुको धारणा छ ।
तथ्यांक केलाउँदा आयल निगमले बरौनी/रक्सौलमा ७६ रुपैयाँ ७ पैसामा किनेको पेट्रोलमा ५७ रुपैयाँ ३६ पैसा त कर नै लगाउँछ । निगमको खर्च १ रुपैयाँ ९६ पैसा, ढुवानी भाडा ४ रुपैयाँ ९५ पैसा र पम्पवालाले ५ रुपैयाँ २१ पैसा लिंदा एक लिटर पेट्रोलको १ सय ४५ रुपैयाँ ५५ पैसा पर्दछ । निगमले बजारमा ३ रुपैयाँ मूल्य बढाएर १ सय ३३ रुपैयाँ पुर्याएको छ । यसो गर्दा पनि निगमलाई अहिलेपनि १२ रुपैयाँ ५५ पैसा घाटा देखाएको छ ।
निगमले डिजेल, मट्टितेल, हवाइ इन्धन र ग्यासमा यसैप्रकार करसहित खर्च जोडेर मूल्य निर्धारण गरेको छ । निगमले मूल्य स्थिरिकरण कोषका लागि प्रतिलिटरमा १ रुपैयाँ उठाएर ११ अर्ब जम्मा गरिसकेको छ । तर निगम भने घाटाको कुरा रटान गरेर जनतालाई मूल्यवृद्धिको मारमा पारिरहेको छ । मूल्यवृद्धिलाई बजारमा सरकार र निगमको बेइमानीको संज्ञा दिइएको छ ।
सरकारले लिने कर कम गरेर भएपनि सर्वसाधारणलाई राहत दिनुपर्ने,मूल्यवृद्धि फिर्ता गर्नुपर्ने र सरकारीले जनतामाथि आफ्नो गलत कामको भार उपभोक्तामाथि थोपर्ने परम्पराको अन्त्य हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ । मूल्यवृद्धि तत्काल फिर्ता नभए सडक आन्दोलन थाल्ने सत्तारुढ विद्यार्थी संगठनकै चेतावनी छ । भोलिका दिनमा घाटा बढ्नसक्ने अनुमानका आधारमा आम उपभोक्तामाथि गरिएको तेलमाथिको झेल बन्द गर्न सर्वसाधारणको माग छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्