Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रधानन्यायाधीश राणाबिरुद्ध नेपाल बारको आन्दोलनः कतै कालो पट्टी,कतै सेतो पट्टी


काठमाडौं । न्यायालयभित्र चर्किएको बिवाद साम्य हुनुको सट्टा दुई कित्तामा बाँडिएको छ । नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीले कालोपट्टी बाँधेर बार परीसरमा प्रदर्शन गरिरहेको बेला प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणाको समर्थनमा अर्को समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरीरहेको छ । सर्वोच्चमा अदालत परिसरमा वकिलहरु विचारका आधारमा दुई कित्तामा बाँडिदा कानून व्यवसायीको छाता संगठनमाथि नै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालत परिसरको एकातिर कालोपट्टी बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध प्रदर्शन गरिरहँदा अर्कोतिर सेतो पट्टी बाँधेर उनको समर्थनमा उत्रिने कानून व्यवसायीको संख्या पनि उल्लेख्य देखिन्थ्यो ।

सर्वोच्चका न्यायाधीस तथा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा मागेर एक सातादेखि न्याय पाउने जनताको अधिकारलाई नै बन्धक बनाइ रहेका छन् । नेपाल बार कै अगुवाइमा कानून केही व्यवसायीले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व अध्यक्ष शम्भू थापा लगायतले प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताइ रहेका छन् । उनीहरुले यो आन्दोलन न्यायालय विरुद्ध नभइ न्यायापालिकाको सुदृढीकरण र शुद्धीकरणका लागि भएको दाबी गरेका छन् ।

प्रधानन्यायाधीश राणाका कारण न्यायालयमा विकृती र विसङ्गति भित्रिएको उनीहरुको दाबी समेत यथावत् छ । आईतवार नेपाल बार एसोसियसन परीसरमा फरक दृष्य पनि देखियो । कालो कोटधारी केही वकीलहरुको हातमा सेतो पट्टी बाँधिएको थियो । यसले न्यायापालिकाको विषयमा चर्काइएको विवादमा सबै कानून व्यवसायी एकमत छैनन् भन्ने सन्देस दिइरहेको थियो । त्यही कारण न्यायपालिका सही ढंगबाट अघि बढीरहेको छ भन्ने मान्यता राख्ने कानून व्यवसायाीहरुले समेत आन्दोलनको सहारा लिनु प¥यो । उता प्रधानन्यायधीशले ईजलास तोक्ने र न्यायधीशले ईजलास बहिष्कार गर्ने क्रम पनि चलि नै रहेको छ ।

ईजलास नचल्दा बन्दी प्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा समेत प्रभावित भएका छन् । त्यही कारण केही कानून व्यवसायीहरु ईजलास रोक्न नहुने माग सहित आन्दोलनमै होमीएका हुन् । उनीहरुको आन्दोलनमा सेवाग्राहीको पनि साथ देखिएको छ । न्याय क्षेत्रमा व्याप्त भ्रष्टाचार र विसंगतिविरुद्ध सहमत भए पनि न्याय निरुपणको हकबाट नागरिकहरुलाई बन्चित बनाउने खेलमा सहमत हुन नसकेकाले विरोध गर्नु गरेको उनीहरुको भनाई छ । सेवाग्राहीले भने न्यायालयवाट नै न्याय नपाउने भए कहाँ जाने भनेर गुनासो समेत गरीरहेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्धाको समेत सुनुवाई रोकीँदा जेलमा रहेका आफ्ना आफन्त बिरामी भएर अस्पताल मै छटपटाएर मर्ने अवस्था आउँदा समेत कुनै सुनवाइ हुन नसकेको प्रति सेवाग्राहअीहरु आक्रोसित देखिन्थ्ये ।

नेपाल बारले उठाएका केही मुद्दामा सहमत र केही मुद्दामा असहमत भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको बताउने कानून व्यवसायीको कमी पनि छैन । नेपाल बारले बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम आयोजना गरेको थियोे । विरोधको यो कार्यक्रम आइतबारदेखि तीन दिनसम्म जारी रहने छ । उता बारले विरोधका कार्यक्रम सुरु गरेपछि सर्वोच्च अदालत प्रवेशमा समेत कडाइ गरिएको छ भने कर्मचारीलाई समेत गेटमा परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न दिइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाल बार एशोसिएसन, #न्यायलय दुईतिर, #सर्वोच्चमा अदालत

तपाईको कमेन्ट लेख्नुहोस्