नेपाल राष्ट्र बैंकको निर्णय एकदिन पनि टिकेन, मरिच, केराउँ र सुपारी आयातमा पूर्ण बन्देज
काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउँ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको छ । पछिल्लो समय आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताइएको छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो । शुक्रबार भने राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गर्दै कोटा तोकेको थियो ।
१० हजार मेट्रिक टन मरिच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र ५ हजार मेट्रिक टनमात्र आयात हुन दिने गरी शुक्रबार सर्कुलर जारी गरिएको थियो । यो निर्णयलाई राष्ट्र बैंकले रातारात सच्याएको छ । परिमाण तोकेर खुला गर्ने निर्णय गरिएको भन्दै अर्थमन्त्रालयले राष्ट्र बैंकसँग असन्तुष्टि जनाएको थियो । असन्तुष्टि अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि गभर्नर महाप्रसाद अधिकारीले तत्कालै नयाँ सर्कुलर जारी गर्न भनेका थिए ।
शनिबार राष्ट्र बैंक बिदा हुने भएपनि नयाँ सर्कुलर जारी गरिएको छ । एकीकृत परिपत्र २०७६ संशोधन भएको जानकारी दिदै शुक्रबार जारी भएको सर्कुलर खारेज भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बताएका छन् । जारी गरेको परिपत्र अनुसार अब मरिच, केराउँ र सुपारी आयातका लागि एक रुपैयाँ पनि विदेशी मुद्रा सटही हुने छैन । यसैगरी महंगा गाडी आयातमा पनि राष्ट्र बैंकले कडाई गरेको छ । ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधन आयातमा रोक लगाइएको हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक, #विदेशी मुद्रा
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्