फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य,पेट्रोलको मुल्य १३३ रुपैयाँ पुग्यो
काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ ।
डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम भएको छ । निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।
पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू. २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू १२.५५, डिजेलमा प्रतिलिटर रू. ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर रू.४६१.२२ घाटा हुने निगमको दावी छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य बढाए, #नेपाल आयल निगम
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्