प्रधानन्यायाधीश जबरालाई सहकर्मी न्यायाधीशहरुले भेट्दै,राजीनामा दिन सुझाव दिने

काठमडौं । चौतर्फी विवादको घेराबन्दीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सहकर्मी न्यायाधीशहरु मंगलबार भेट गर्दैछन् । सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने बताएका थिए । न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणासँग भेट गर्ने तय भएको छ ।
सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरुले त्यो क्रम मंगलबार पनि जारी राख्ने सम्भावना छ । उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नु पर्ने बताउदै आएका छन् । यसैबिच नेपाल बार एसोसिएसनको सल्लाहकार परिषदको बैठक पनि मंगलबार बस्दैछ । सो बैठक मार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने तयारी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार नै राणाको राजीनामा माग गरिसकेको छ ।
यस्तै सोमबार नै संयुक्त विज्ञप्ति निकालेर चार पूर्वप्रधानन्यायाधीशहरुले राणाको राजीनामा माग गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले न्यायालयमा अहिलेको समस्याग्रस्त अवस्थामा आउनुमा प्रधानन्यायाधीश राणा जिम्मेवार रहेको भन्दै राजीनामा माग गरेका हुन् । प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबण्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । चौतर्फी घेराबन्दीमा परेका जवराले अव के गर्लान् भन्ने चासो सर्वत्र छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #न्यायाधीशहरु, #प्रधानन्यायाधीश चोलेन्द्र
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्