मन्त्री भएको ७२ घण्टा नपुग्दै उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा
विवादमा तानिएका थिए प्रधानन्यायाधीस जवरा पनि
काठमाडौं । नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले सपथ लिएको ७२ घण्टा नपुग्दै राजीनामा दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको थियो । राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । अझ वकिलहरूले शनिवार मन्त्रिपरिषदमा भाग मागेको भन्दै प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने बताउदै आएका थिए ।
हुनत गजेन्द्र हमाल पुराना कांग्रेसी नेता नै हुन् । नेपालगञ्जका स्थायी बासिन्दा हमालको पार्टीमा बलियो पकड भने छैन । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्याधीस चोलेन्द्र समसेर राणाको निकटता मन्त्री बनेपछि देखिएको थियो । राणालाई सर्वोच्चको न्यायाधीस बन्न हमाल कै पहलमा देउवाको साथ मिलेको चर्चा पनि छ । २०६४ सालको संविधान सभाका पराजित उम्मेदवार हमाल नेपाली कांग्रेसको पछिल्लो महाधिवेसनमा महाधिवेसन प्रतिनिधि मै हारेका थिए । त्यसैले उनी अहिले कांग्रेसमा क्रियाशील सदस्य मात्रै छन् ।
पछिल्ला समय कांग्रेसमा ठूलै त्याग गरेका नेताले कुनै पद पाउन नसकिरहेको बेला प्रधानन्याधीस राणाका जेठान हमालले भने मन्त्रीपरिषद्मा बलियो मन्त्रालय पाएपछि आलोचना सुरु भएको थियो । त्यसमाथि पार्टीभित्रैका विरोधि खेमालाई मन्त्री भागबन्डामा रिझाउन नसकेका प्रधानमन्त्री देउवाले हमाललाई मन्त्री नियुक्त गरेर नेपालमा कार्यपालिका र न्यायपालिकाबीचको रहस्यमय साँठगाँठको पर्दा समेत खोलेको आरोप लागेको छ ।
२०४० सालमा नेपालगञ्जको त्रिभुवनचोकमा राजारानीको तस्वीर च्यातेको आरोपमा हमालले केही समय भूमिगत जीवन समेत बिताउनु परेको थियो । कांग्रेसको राजनीतिमा उनकै सबैभन्दा ठूलो योगदान त्यही थियो । ३८ वर्ष अगाडिको त्यही योगदानका कारण अहिले उनलाई मन्त्री बनाइएको तर्कसँग सहमत हुन नसक्ने भन्दै कांग्रेसभित्र पनि रडाको मच्चिएको थियो । गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका स्वार्थ बाझिएका अनेकौँ मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधिन छन । यस्तो अवस्थामा अदालतलाई रिझाएर अघि बढ्नु सत्ता गठबन्धनमा रहेका दलहरुको बाध्यता भन्दै भाग दिइएको आरोप लाग्दै आएको छ ।
साथै सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवा र उनका सहयोगी दलहरुले प्रधानन्यायाधीसको त्यहि गुणको मूल्य यो नियुक्तिबाट चुकाएको आरोप लाग्दा हमालले भने नियुक्त भएको ७२ घण्टामै राजीनामा दिएका छन् । आफू थप विवादमा आउन नचाहेको र ज्योतिषको परामर्शमा आफूले राजीनामा दिएको हमालले जानकारी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गजेन्द्र हमाल, #गजेन्द्र हमालले राजीना, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्