Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

सांसदलाई किन लाग्यो विवाहको न्युनतम उमेर १८ वर्ष बनाउनुपर्ने


काठमाडौं । नेपालको कानुनमा २० बर्ष नपुगी विवाह गर्न नपाइने ब्यवस्था छ । त्योभन्दा तलको उमेरमा विवाह गरे कानुनी कारवाही समेत हुन्छ । कम उमेरमा विवाह गर्दा जोखिम हुने समेत चिकित्सकहरु समेत बताउछन् । तर, सांसदहरुलाई भने विवाहको उमेर घटाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनीहरुले विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव अघि सारेका छन् । सांसदले १८ वर्षमा बालिग हुने भएकाले विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यवहारिक नहुने उनीहरुको भनाइ छ ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिमा करणीसम्बन्धी कसूर र कानुनी व्यवस्थाबारे छलफल थियो । वैठकमा सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो बताएका हुन् । १८ वर्षमा स्वेच्छाले शारीरिक सम्पर्क गर्न पाउने कानुनी व्यवस्था भएपछि विवाहका लागि २० वर्षको उमेर तोकिनु उचित नहुने कांग्रेस सांसद मीन विश्वकर्माले बताउछन् ।

बालक हुने उमेर १८ वर्ष । विवाह गर्ने उमेर २० बर्ष । यो के भनेको ? कानुन बनाउँदा हामीले बुझेनौं कि ?’ उनले भने । पछिल्लो समय १६ देखि १८ वर्षका केटाकेटीले आत्महत्या गरेको धेरै घटना आएको भन्दै सांसद विश्वकर्माले वालिग हुने उमेर नै १६ वर्षमा झार्नुपर्ने धारणा राखे । पहिले प्रविधिको कुनै प्रयोग थिएन १६ वर्षमै साबालक हुन्थ्यो । अहिले ४ बर्षको बच्चाले भिडियो गेम खेल्छ । ८ वर्षमा गाडी कुदाउँछ हामी १८ वर्षमा साबालक भन्छौं । यसबारे अध्ययन गरौं र कानुनी सुधार गरौं’ सांसद विश्वकर्माको प्रस्ताव छ । माओवादी केन्द्रका सांसद मातृका यादवले विवाहको न्युनतम उमेर घटाउनैपर्ने बताए ।

बिहे गर्ने न्यूनतम उमेर हदका कारण लिभिङ टुगेदरमा बस्ने र पछि मन नमिलेपछि बलात्कारको उजुरी पर्ने प्रवृत्ति पनि बढेको भन्दै सांसद यादवले लिभिङ टुगेदर पनि दर्ता गर्नुपर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कर्णले पनि बिहे गर्ने न्युनतम उमेर हद २० वर्षलाई पुनर्विचार गर्नुपर्ने बताए । समिति सभापति पोखरेलले विवाह गर्ने न्युनतम उमेर १८ बर्षमा झार्नुपर्ने भनी किटान नै गरे । ‘अब विवाहको उमेर १८ मा झार्नुपर्छ’ सभापति पोखरेलले भनेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उमेरमा विवाह, #कानुनमा २० बर्ष नपुगी विवाह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं