ललितपुर कांग्रेसमा मदनबहादुरको मनोमानी,सहमतिको नाममा मतदाताको अपमान

काठमाडौं । ललितपुरको नेपाली कांग्रेसमा जिल्ला सभापति मदनबहादुर अमात्य र पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाबीचको तिक्तता र प्रतिष्पर्धा छताछुल्ल भएको छ । ललितपुरको बागमती गाउँपालिकाको अधिवेशनमा यी दुई नेताबीचको जुहारी छताछुल्ल भएको हो । अधिबेशनमा सहमतिको नाममा ८० प्रतिशत मतदाताको अपमान गरिएको भन्दै नेपाली काँग्रेस कार्यकर्ताहरु आक्रोशित भएका छन् ।सहमतिको नाममा उम्मेदवारी नै दर्ता नगरेका, पटक–पटक जिल्ला सदस्यमा निर्वाचित भइसकेका तथा १४ ओैं महाधिवेशनमा संघीय महाधिवेशन प्रतिनिधिको दौडमा व्यक्तिलाई पालिका सभापति बनाइएपछि बागमतीमा कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ ।
असोज ११ गते सोमबार भएको बागमती गाउँपालिकाको अधिवेशनमा वडा नम्बर १ का अध्यक्ष तथा निवर्तमान इकाई सभापति जगतबहादुर लो र वडा नम्बर ४ का निवर्तमान वडा सभापति सुनबहादुर लामा (सोना) पालिका सभापति बन्न तम्सिएका थिए । तर, यी दुवै ब्यक्तिलाई सभापति हुनबाट रोक्दै एकाएक बागमती गाउँपालिकाका अध्यक्ष समेत रहेका बिरबहादुर लोप्चनलाई मदनबहादुर अमात्यले सभापति बनाएका हुन् । बागमती गाउँपालिकाको सभापतिका दावेदारीमा रहेका जगतबहादुर लो जिल्ला तहमा उदयशम्शेर राणा निकट हुन् भने सुनबहादुर लामा सभापति मदनबहादुर अमात्य निकट हुन्।
पालिका अधिवेशनमा मतदान भएको भए उम्मेदवार लो विजयी हुने निश्चित थियो । ७ वटा वडामध्ये ३ वटा वडाको सतप्रतिशत मतदाता लोको पक्षमा थिए । बाँकी ३ वटा वडाका पनि ५५ प्रतिशत मतदाताहरु लो कै पक्षमा थिए । निर्वाचनमा मतदान भएको भए लामाले २० प्रतिशत भन्दा बढि मत पाउन सक्ने अवस्था नरहेको अधिवेशनमा सहभागी कार्यकर्ताले बताउदै आएका छन् । जिल्ला सभापति अमात्यले राणाको निकटमा रहेका मान्छेलाई जिल्लाका कुनै पनि तहमा कुनै हालतमा सभापति बन्नै नदिने बताउदै आएको स्रोतले बतायो । सोही कारण लामाको प्रस्तावमा बिरबहादुर लोप्चनलाई सर्वसहमति गरेर पालिका सभापति वनाउने र लोले मानिदिनु पर्ने भन्ने कुरा चल्यो ।
निर्वाचन समिति र सहमतिका लागि प्रयासरत नेताहरु कवेलबहादुर लामा, बिरबहादुर लोप्चन, रविन्स शर्मा र निवर्तमान पालिका सभापति बिष्णुप्रसाद तिमल्सिनाले पनि यो प्रस्तावलाई अश्वीकार नगर्दा अमात्यकै जीत भएको छ । सहमति नै गर्नुपर्ने दवाव र आफू पराजित हुनुपर्ने अवस्था देखेपछि दावेदार लामाले चुनाव नै हुन नदिने र बिरबहादुरलाई सभापति बनाएर जगतबहादुरलाई पनि सफल हुन नदिने रणनीति अपनाएपछि जगतबहादुर लो पनि पछि हटेको बुझीएको छ । उनलाई उपसभापतिको पद भिराएपनि सभापति सहितको प्यान घोषणा भएको आधा घण्टा नवित्दै जगतले उपसभापतिमा नबस्ने भन्दै राजीनामा दिएका छन्।
७ वटा वडा रहेको बागमती गाउँपालिकामा नेपाली कांग्रेसको पालिका अधिवेशनका लागि मतदान गर्न १३८ जना क्षेत्रीय प्रतिनिधि वडा तहबाटै चुनिएका छन् । सहमतिका नाममा पार्टी र स्थानीय तहमा लोकप्रिय रहेको व्यक्तिलाई सभापति हुन नदिनु अन्यायपूर्ण भएको वाग्मती गाउँपालिका वडा नम्बर १ का ज्ञानबहादुर लो बताउछन् । सभापतिका दावेदारीमा रहेका सुनबहादुर लामा विवादास्पद व्यक्ति हुन् । उनी अपराधिक गतिविधिमा संग्लग्न रहेका कारण केही वर्ष पहिले प्रहरीको वान्टेड सूचीमा थिए।
राजनीतिक दवाव र प्रभावका आधारमा त्यसलाई मिलाएर सुनबहदुरलाई उन्मुक्ति दिइएको एक कांग्रेस कार्यकर्ता बताउछन्। त्यसपछि सुनबहादुर मदन अमात्यको आशीर्वादमा राजनीतिमा हावी भए । १० वर्ष प्युटार गाउँ इकाई कब्जा गर्न सफल भएको कांग्रेसी कार्यकर्ताको भनाई छ। यही भदौ २१ गते सम्पन्न भएको वडा अधिवेशनमा उनै सुनबहादुरको प्रस्तावमा दलितलाई बोक्सीको आरोपमा दिशा खुवाउने विमला लामालाई बागमती गाउँपालिका वडा नम्बर ४ को वडा सभापति बनाइएको हो ।
विमला लामाले २०६५ साल चैत्र ७ गते कल्लीकुमारी विकलाई दलितको आरोपमा दिशा खुवाएकी थिइन् । बोक्सीको आरोपमा यातना दिने र मलमूत्रसमेत खुवाउने मानवता विरोधी, घृणित र निन्दनीय कार्य गर्ने उनी तत्कालीन अवस्थामा प्युटारकै एक विद्यालयमा शिक्षण पेशमा संग्लग्न थिइन। यही घटनाका कारण तत्कालीन अवस्थामै उनलाई जागीरबाट समेत बर्खास्त गरिएको थियो । अमात्य र राणाबीचको द्धन्दले गाउँपालिकामा सभापति बन्नबाट जगत लामा बञ्चित भएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सभापति मदनबहादुर अमात्य
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्