कसरी पाउलान काग्रेसमा युवाले नेतृत्व,पाका नेताहरुसँगै गुट बनाउन ब्यस्त
काठमाडौं । मुलुकको सबैभन्दा पाको दल नेपाली कांग्रेस १४ औं महाधिबेशन आयोजनाको सँघारमा छ । नेपाली काँग्रेसको नेतृत्व हत्याउन करिब एक दर्जन नेता मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसको पार्टी संरचनामा अहिले पनि पाका नेताहरु कै वर्चश्व छ । तर, आगामी महाधिवेसनमा पहिलो पुस्ताका नेताहरुलाई युवाहरुले कडा चुनौती दिने देखिएको छ ।
नेपाली कांग्रेसमा अहिले पनि ७० वर्ष भन्दामाथिका नेताहरु नै हाबी छन् । सभापति शेरवहादुर देउवाले ७६ बर्षको उमेरमा पार्टी हाँकिरहेका छन् । थप एक कार्यकाल सभापति हुने दाउमा समेत उनी छन् । ७७ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेल एक पटक भएपनि नेपाली कांग्रेसको सभापति बन्ने सपना बुनि रहेका छन् । उनले आफनो खेमामा रहेका नेताहरूसँग अन्तिम पटक आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । कांग्रेसमा दोस्रो पुस्ता भनिने नेताहरु अहिले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी मै सिमित गरिएका छन् ।
देउवा र पौडेललाई विस्थापन गर्न ७० वर्षका शेखर कोइराला, ६५ वर्षका प्रकाशमान सिंह, ६४ वर्षका विमलेन्द्र निधि र ६२ वर्षका शशांक कोइराला अगाडि बढेका छन् । देउवालाई पारजित गर्न अघि सरेकाहरुलाई सफल बनाउनुपर्ने विश्लेषकहरु बताउँछन् । नेपाली कांग्रेसमा हरेक महाधिवेसन अगाडि युवा नेतृत्वको बहस हुन्छ । तर, युवालाई नेतृत्वमा ल्याउने निर्णायक पहल भने भएको पाइँदैन । त्यही कारण १४ औँ महाधिबेशनमा महामन्त्रीको उम्मेद्वार बनेका युवा नेताहरुल यस पटक पनि सफलता पाउने विषयमा शंका नै छ ।
कांग्रेसको आसन्न महाविधेशनमा महामन्त्रीमा उम्मेदवारीको घोषणा गरिसकेका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तनको खाँचो भएको भन्दै २४ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरि सकेका छन् । शर्माले राजनीतिमा परिवर्तनका लागि चार पटक भन्दा धेरै सांसद बन्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘राष्ट्रपति एक पटक भन्दा दुई पटक बन्न नपाउने अनि प्रधानमन्त्री, जतिसुकै क्षमतावान् भएपनि दुई पटक भन्दा बढी बन्न नपाइने र मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गर्न आग्रह गरेका छन् ।
शर्माको यो प्रस्तावलाई कांग्रेसको नेतृत्व र युवा नेताले साथ दिन्छन् कि दिँदैनन्, त्यो भने हेर्न बाँकी नै छ । आफ्नै उमेर समूहको कुनै युवा नेता नेतृत्वमा आउने सम्भावना बढेको खण्डमा दाई पुस्तालाई जिताउन अगाडि बढ्ने युवा नेताको कमी समेत कांग्रेसमा छैन । युवा नेताहरू पटक–पटक एकै ठाउँमा आउने प्रयास गरेपनि पार्टी भित्रका परम्परागत गुटले उनीहरूको एकतालाई बिथोलि रहेको छ । क्रियाशील सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि चयनमा युवाको प्रतिनिधित्वले उत्साह पनि थपेको छ ।
अहिलेका अवस्थामा पाकालाई पाखा लगाएर अगाडि बढ्न युवा नेतालाई कठिन छ । तर, यही महाधिबेशनबाट उनीहरूले पार्टीमा थिति बसाल्न केही भूमिका भने खेल्न सक्ने संकेत देखिएको छ । युवाहरु नेतृत्वमा नपुगे पनि पछिल्लो समय कांग्रेसमा युवा नेताहरूको प्रभाव राम्रो छ । युवा नेतालाई खासै महत्व नदिने पुरानो पुस्ताले यतिबेला आफू चुनाव जित्नको लागि युवा नेताको साथ खोजिरहेका छन् । पाका नेतालाई नै सभापति बनाउन कतिपय युवाहरू नै उमेरले होइन विचारले नेता बन्नु पर्छ भन्न समेत थालेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१४ औं महाधिबेशन, #७० वर्ष भन्दामाथिका नेताहरु
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्