Techie IT
  • २ असोज २०८१, बुधबार
KhojPatrika

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना


काठमाडौं । गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनको अध्यक्ष पदका लागि कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौको दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शुक्रबार आचार्यले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन । उम्मेदवारी घोषणा गर्दै आचार्यले भने ,एनआरएनएलाई सहि अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो,संस्थामा सबैको सहभागीता र अपनत्व सृजना गरेर यो अभियान पूर्णता दिनेछु । गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ ।

थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनका उपाध्यक्ष सोनाम लामा,पूर्व पदाधिकारी ,विभिन्न देशका एनआरएनएका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । पद्धति र पारदर्शिता ,समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आचार्यले उम्मेदवारी घोषणा गरेका हुन ।

संघको दशौ विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुदैछ । निर्वाचन समितिले अनलाइन माध्यम बाट विश्वभर बाट एकसाथ मतदान गर्ने तयारी गरेको छ । अध्यक्षका आकांक्षीहरु मध्येका एक कुल आचार्यको पुर्खौली थलो नेपालको पश्चिम पर्वत जिल्ला हो । आफूलाई धौलागिरी क्षेत्रको भनेर चिनाउन रुचाउने आचार्यको गैरआवासीय नेपाली संघमा लामो संलग्नता रहेको छ । संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष सम्म भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए ।

आचार्यले आफ्नो चुनावी प्रचार तिब्र गतिमा अगाडी बढाएका छन् । चुनावी कुरालाई लिएर नै उनी नेपाल पुगेका हुन् । यो पटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाइ उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने उनको योजना छ। वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष रहेका कुल आचार्यको होमकन्ट्री भने बेलायत हो । उसो त उनका ब्यबसाय युरोपका अन्य देशमा पनि छन् । बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, युरोप क्षेत्रको क्षेत्रीय संयोजक, केन्द्रिय उपाध्यक्ष समेत भएका थिए ।
आचार्यका मुख्य कार्ययोजना
– पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
– म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
– संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।
– राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।
– नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।
– बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।
– खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाइने छ ।
– कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।
– एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने ।
– विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।
– एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।
– गैर आवासीय नेपाली संघमा महिला सहभागिता बढाउन माग ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा, #गैरआवासीय नेपाली संघ

तपाईको कमेन्ट लेख्नुहोस्