राजनीतिक दवावमा एनआरएनको निर्वाचन रोक्नेगरी बिज्ञप्ती आयोः अध्यक्ष पन्त
काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्नेगरी पत्राचार गरेको बताएका छन् । प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक नभइकन, दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले एक्कासी निर्वाचन प्रक्रिया रोक्न पत्राचार गरिनु राजनीतिक दबाबले काम गरेको अध्यक्ष पन्तले बताएका हुन । एनआरएनएले परराष्ट्रको पत्राचारविरुद्व अदालत जाने चेतावानी समेत दिएको छ ।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्राचारसहितको निर्देशन दिएको थियो । भदौ २५ गते पठाइएको पत्रमा बिवादबारे छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत गराइएको छ । परराष्ट्र मन्त्रालयका एनआरएनए डेस्क हेर्ने सहसचिव भरतकुमार रेग्मीसँग कुराकानी भइराखेको जानकारी दिदै अध्यक्ष पन्तले दलहरुको निर्देशनमा चल्न थाले एनआरएनए ध्वस्त हुने बताए ।
एनआरएनएलाई राजनीतिकरण नगर्न अनुरोध गरिएको भन्दै अध्यक्ष पन्तले अहिले एनआरएनएमा राजनीतिकरण गर्न खोज्ने र गर्न नदिनेबीच लडाईं चलिरहेको जानकारी दिए । परराष्ट्रका सहसचिवले काठमाडौंमा आउनुहोस्, टेबुलमा कुराकानी गरेपछि समाधान निस्कन्छ भनेअनुसार आफू काठमाडौँ आउन लागेको समेत अध्यक्ष पन्तले जानकारी दिएका छन् । एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ भन्दै अध्यक्ष पन्तले पदाधिकारीको बैठकमार्फत अदालत जाने वा नजाने बिषयमा चर्काचर्की भएपनि निर्णयमा पुग्ने बताए ।
एनआरएनए, जापानको निर्वाचन प्रक्रियाका सम्बन्धमा बिवाद उठेको छ भने अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले निर्वाचनको निश्पक्षतामा प्रश्न उठाउँदै विभिन्न १९ आरोप लगाउँदै आएको छ । परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएकाले नेपाल सरकारसँग समन्वय गरेरै अघि बढ्ने तयारीमा एनआरएनए नेतृत्व जुटेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष कुमार पन्त, #गैर आवासीय नेपाली संघ
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्