Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सभामुख र प्रतिपक्ष एमालेको रस्साकस्सी, संसदलाई कहिलेसम्म बन्धक बनाइराख्ने ?


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच द्धन्द्ध सुरु भएको एकमहिना पुग्न लागेको छ । तर, यो बिचमा बिवाद मथ्थर हुनुको साटो बढ्दो क्रममा छ । पार्टीले भदौँ १ गते कारबाही गरेका माधवकुमार नेपालसहितको १४ सांसदलाई सभाखुले सूचना टाँस गरे पदमुक्त नगरि एमाले फुटाउन भुमिका खेलेको आरोपसहित अहिले निरन्तर संसद अबरुद्ध भैरहेको छ । भदौ १ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले माधव नेपाल सहित १४ सांसदलाई कारवाही गर्यो ।

लगत्तै यसको जानकारी संसद सचिवालय र निर्वाचन आयोगलाई गराईएपनि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गरेर संसदको पद रिक्त भएको जानकारी गराएनन् । एमाले नेताहरुले लगातार आफ्नो पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस गर्न दबाब दिइरहे । तर १४ सांसदलाई कारबाही गरेकै दिन देउवा सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्यायो । अध्यादेश जारीभएसँगै फास्ट ट्याकमा दलदर्ताको प्रक्रिया पुरा गरेर निर्वाचन आयोगले भदौँ ९ गते माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादीलाई दलको मान्यता दियो ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समेत भदौँ २२ गतेसम्म दल रोज्ने समय दिएर देशभर एमालेको औपचारिक विभाजनले पूर्णता पायो । अहिले दल बिभाजनको सबै दोष एमालेले सभामुख सापकोटामाथी थोपरेर भदौँ २३ बाट सुरु भएको संसद अबरुद्ध पारिरहेको छ । हुन त सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरुलाई पदमुक्त गराउने सूचना टास्न हतारो गरेको बिगतले समेत एमालेको गुनासोलाई बल मिलेको छ ।

नेकपा एमालेले पार्टी फुटाउने मतियार बनेको आरोप लगाइरहँदा सभामुख सापकोटा भने संसदीय मुल्य मान्यता बाहिर गएर आफूले कुनै दलीय पक्षधरता नलिएको दाबी गरिरहेका छन् । तर, हरेक सार्वजनिक फोरममा सत्तापक्षबाट प्रतिपक्षी बन्नुपरेपछिको पीडा ओकलिरहेका एमाले अध्यक्ष केपीशर्मा ओली र सांसदहरु माधव नेपाल लगायत १४ जना गैर सांसदलाई संसदमा प्रवेश दिन नहुने अडानसहित संसदमा नाराबाजी गरिरहेका छन् ।

अध्यादेश ल्याएर दल बिभाजन गराउन मुख्य भुमिका खेलेका प्रधानमन्त्री देउवा संसदको अबरोध खुल्ने नखुल्नेबारे एमाले अध्यक्षलाई नै सोध्नुपर्ने जवाफ फर्काउछन । संसदीय अभ्यासमा प्रतिपक्षीको अवरोधपछि संसदको कार्यसूरी अघि बढाउन नमिल्ने प्रचलन रहेपनि अबरोधकाबीच प्रक्रिया अघि बढाउने भुमिका एमालेबाटै सभामुख बनेका पूर्वसभामुख शुवासचन्द्र नेम्वाङले गरेका छन् । पहिलो दिन उनैको सिको गरेका सभामुख सापकोटा पछिल्लो समय सम्हालिएर दलीय सहमतिमार्फत संसदको गतिरोध खुलाउन अग्रसर देखिएका छन् ।

गठबन्धन दलका प्रधानमन्त्री देउवा र बिगतमा आफूले प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रभाव सभामुख सापकोटामा पर्यो पनि होला । तर एउटा राजनीतिक किचलोलाई कारण बनाएर जनताको समस्या,आवश्यकताको प्रतिनिधित्व गर्ने थलो संसदलाई कहिलेसम्म बन्धक बनाउने ?


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमालेबीच द्धन्द्ध, #सभामुख अग्निप्रसाद सापकोटा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं