काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका फेरि परिमार्जन, यस्तो छ नयाँ कार्यतालिका
काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ ।
बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ बजे गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो । यस्तै पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । अब पालिकाको अधिवेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ ।
यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो । यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्