Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

किन गरे प्रचण्डले एमसीसी संसदबाट पास नहुने ठोकुवा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा एमसीसी सम्झौता संसदबाट पारित नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको भातृ संगठन वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले एमसीसी बारे अमेरिकालाई पठाएको कुटनीतिक नोटको जवाफ नआएको हुँदा एमसीसी पास गर्न सक्ने अवस्था नरहेको समेत बताए । साथै उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने विषयमा माओवादी केन्द्रले सहमति नजनाने कुरा ढुक्क हुन समेत आग्रह गरेका थिए । उनले संसदवादले मुलुकलाई राम्रो नगरे पनि माओवादी केन्द्र समेत संसदवादमा फस्दै गएको धारणा समेत राखे ।

प्रचण्डले वाईसीएल फौजी संरचना भएका कारण संसदवादमा नफस्न निर्देशन दिँदै एकीकृत र एकढिक्का बढ्न आग्रह समेत गरेका थिए । प्रचण्डले मुलुकले अंगालेको शासन प्रणालीमा समेत प्रश्न उठिरहेकाले आफ्नो दलको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनपछि मुलुकमा अर्को आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले वाइसीएललाई त्यसको लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएका छन् ।

वाइसीएलको त्यही बैठकले संयोजकमा सुमन देवकोटा तथा सह–संयोजकमा सुबोधराज शेर्पाली चयन गरेको छ । बैठकले वर्तमान केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरित समेत गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी सम्झौता, #पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्