माधव समूहको पार्टी-नेकपा एमाले समाजवादी, चुनाव चिन्ह किताव
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार पारेको छ । दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने लगभग निश्चित भएको छ ।
यस्तै सम्भावित नामको सूचिमा नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी) पनि राख्न सकिने नेताहरुले बताएका छन् । यस्तै सो पार्टीको चुनाव चिन्ह ताराभित्र हँसिया हथौडा वा कलश, दियो, पुस्तक राख्ने तयारी पनि सो समूहले गरेको छ। तर, अधिकांश नेताहरुले किताव नै राख्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सहज हुने व्यवस्थासहितको अध्यादेश पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ। केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत नेताको समर्थनमा दल विभाजन गर्न सक्ने व्यवस्था सो अध्यादेशमा छ। नेता नेपाल पक्षले अध्यादेश जारी भएपछि नयाँ पार्टी घोषणा गर्ने गरि विधानसहितको तयारीमा पनि काम गरिरहेको छ। सो पार्टीको केन्द्रीय कमिटी ६० देखि ९० सदस्यीय हुने पनि जनाइएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #चुनाव चिन्ह, #माधवकुमार नेपाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्