सत्ता साझेदार दल सबैमा भाँडभैलो, मन्त्रीमण्डल विस्तार अझै अन्यौलमा
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नै दलका नेताहरुको घर घरमा दौडधूप गरिरहेका छन् । तर, देउवालाई आफ्नै पार्टी नेपाली कांग्रेस तथा गठबन्धनका दलको आन्तरिक विवादले मन्त्रीमण्डल बिस्तारमा असफल बनाउँदै छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अहिले सरकार विस्तारमा भन्दा पनि पार्टीको आन्तरिक किचलो व्यवस्थापनमै केन्द्रित छ । काँग्रेसको मात्र होइन, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाको अवस्था पनि खासै फरक छैन ।
कांग्रेसलाई आफ्नो बैधानिकता जोगाउनु पर्ने सकसछ ।माओवादीको संगठन नै ध्वस्त छ भने जसपा फुटको आलो घाउबाट मुक्त हुन सकिरहेको छैन । उता एमालेको माधव नेपाल समूह सरकारमा जाने कि पार्टी एक बनाउने भन्ने अलमल मै छ । यस्ता कारणले १८ महिनाका प्रधानमन्त्री बनेका देउवाको १ महिना व्यर्थमा खेर गएको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षलाई मन्त्रीमण्डलमा समेट्ने विषयमा पनि समझदारी बनिसकेको छैन । अनि प्रधानमन्त्री कै खेमामा पनि मन्त्री बन्न चाहनेको व्यवस्थापनमा चुनौती पनि देखिएको छ । सत्तारुढ दलका प्रयजसो सबै सांसद मन्त्री बन्ने दौडमा छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत केही अगाडिसबै सांसदले मन्त्री मागेकाले आफू तनावमा परेको दुखेसो गरेका थिए ।
अहिलेसम्म माओवादी स्थायी समिति बैठकले समेत मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेको छैन ।त्यसैले मन्त्रीमण्डल बिस्तारमा माओवादी अनिर्णयको बन्दि बन्दा त्यसको अपजस देउवाले बोक्नु परेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि मन्त्री छान्न सकस छ । मन्त्री बन्नकै लागि कतिपय सांसदले महन्थ ठाकुरको साथ छाडेर यादवलाई सघाएका छन् । गुट परिवर्तन गरेका सांसदलाई मन्त्री बनाउन सक्दा यादवलाई छाडेर उनीहरु फेरि ठाकुर पक्षमा फर्कने यथार्थलाई नकार्न सकिँदैन । यादवले पार्टीभित्र कमजोर बन्नुको सट्टा प्रधानमन्त्री देउवालाई असफल बनाउँदा फायदा हुने देखेका छन् ।
उता एमालेका वरिष्ठ नेता माधव नेपालले शनिबार मात्र केही साथीहरु झण्डै दाम्लो चुडाएर मन्त्री बन्न खाजेको यथार्थ सार्वजनिक गरेका छन् ।उनले पार्टीको दाम्लो चुँडालेर मन्त्री बन्न खोज्नेलाई रोक्न नसकिने बताएका पनि थिए । मन्त्री बन्नकै लागि एमालेका ८ जना सांसद केपी शर्मा ओलीलाई त्यागेर नेपालसँग नजिएका थिए । उनीहरु मन्त्रीमण्डल विस्तारमा परेनन् भने नेता नेपाललाई केही धक्का लाग्न सक्छ । उता प्रधानमन्त्री देउवाले नेपाल समूहलाई जसरी भए पनि मन्त्रीमण्डलमा सहभागी गराएर पूर्ण आयु सरकार चलाउने मनसाय बनाएका छन् ।सत्तारुढ दलहरु भने माधव नेपालको बाध्यताले गर्दा मन्त्रीमण्डललाई पूर्णता दिन नसकिएकोे बनाबटी जवाफ दिन्छन् । तर, यथार्थमा सबै दल सांसद व्यवस्थापनमा असफल हुँदै अनिर्णयको बन्दि बनि रहेका छन् । मन्त्रिमण्डल नहुनुको एकमात्र कारण यही नै हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री, #मन्त्रिपरिषद विस्तार
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्