काठमाडौंबासीका लागि फेरि एकादेशको कथा बन्दै मेलम्ची

काठमाडौं । ३० वर्षको पट्यारलाग्दो प्रतिक्षापछि काठमाडौँ उपत्यकाबासीको धारामा मेलम्चीको पानी आएको थियो । तर, मेलम्ची र हेलम्बु क्षेत्रमा ग्रेगानसहित आएको बाढीका कारण मेलम्ची आयोजनाका हेडवर्क पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । जसले गर्दा उपत्यकामा खानेपानिको हाहाकार मचिएको छ । अहिले केही लिटर पानी पाउन दुई सातासम्म कुर्नु पर्ने बाध्यतामा उपत्यकाबासी छन् । उपत्यकामा खानेपानीको अभाव हुनुको मुख्य कारण माग र आपुर्ति विचको खाडल नै हो ।
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । जसमा १४ करोड लिटर मात्रै आपुर्ति हुने गरेको छ । त्यसमाथि सुख्खा याममा १० करोड लिटर मात्रै पानी आपुर्ति हुने गरेको छ । १७ करोड लिटर भने मेलम्चीबाट आपुर्ति गर्ने योजना रहेको थियो । तर मेलम्चीबाट पानि आपुर्ति हुन सुरु भएको केहि समय वित्न नपाउँदै गत असार १ गतेदेखि परिक्षणका लागि आपुर्ति बन्द गरिएको थियो । असार १ गते र साउन १६, १७ गते मेलम्ची र हेलम्बु क्षेत्रमा आएको वाढिले उपत्यकामा मेलम्चीको पानी आपुर्ति गर्ने मिति लम्बिदैँ गएको छ । बाढिका कारण आयोजनासम्म पुग्ने पुल,सडक, सुरुङ्ग, हेडवर्क जस्ता संरचनाहरुमा क्षति पुगेको छ ।
मनसुनी प्रणाली अझै सक्रिय रहेकाले थप क्षति हुन सक्ने अनुमान पनि गरिएको छ । त्यसैले अहिले नै संरचनाहरु पुनर्निर्माण गर्ने सम्भावना छैन । कात्तिक पछि मात्र आयोजना क्षेत्रको अनुगमन गरेपछि मात्रै पुनर्निर्माणका बारेमा बताउन सकिने मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ विभागिय इजिनियर राजेन्द्र पन्तले जानकारी दिएका छन् । वाढि पहिरो र परिक्षणका कारण मेलम्ची खानेपानि उपत्यका भित्रिने मिति अनिश्चित बन्दै गएको छ । मेलम्चीको खानेपानी उपत्यका ल्याउन असम्भव नै नरहे पनि कहिले आउँछ भन्ने ढुङ्गो लाग्न सकेको छैन । यसले पानीको हाहाकारमा दिन बिताइरहेका जनतामा निराा देखिएको छ । तर संम्वधित निकायले भने मेलम्ची खानेपानीको विकल्प बारे गृहकार्य थालेका छैनन् ।
यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई विकल्पका विषयमा अध्ययन भइ रहेको दाबि गर्छन् । काठमाडौँ उपत्यकाका लागि सिस्ने खोलाबाट पानी प्रसोधन गरेर आपुर्ति गर्न सकिने काठमाण्डौँ उपत्यका खानेपानि विकास वोर्डको अध्ययनले देखाएको थियो । यस्तै वैकल्पिक रुपमा वर्षा यामको पानीलाई भण्डारण गरेर त्यसलाई फिल्टराइज गरेर प्रयोग गर्न सकिने विज्ञको धारणा छ । यसका साथै खानेपानी अभावलाई दिगो रुपमा समाधान गर्नका लागि भुमिगत श्रोत पहिचान गरेर त्यसलाई प्रयोग समेत गर्न सकिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मेलम्चीको पानी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्