एमालेमा अध्यक्ष र महासचिव मात्र निर्वाचित, स्थायी कमिटी खारेज गर्ने विधान संशोधन प्रस्ताव
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटीले बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय हो । एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव अघि सारेको हो । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ ।
प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ । हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । यस्तै स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ ।
प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिनेछ । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीयय कमिटी बैठकमा छलफलका लागि केन्द्रीय कमिटी बैठकमा पेश हुने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । उनले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिठटीले बैठकले निर्णय गरेको बताए । संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको अडान रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्