फेरि स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्मार्ट लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले संक्रमण बढ्दै गएको भन्दै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
आजको बैठकमा स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए । संक्रमणदर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । त्यसका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने ब्यवस्था गरिएको छ ।
संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय देशले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न निर्देशन दिएका हुन् ।
केही दिनदेखि नै क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने सीसीएमसी प्रवक्ता खतिवडाले जानकारी दिए । अहिले विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कागजी खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् । कार्ड लिन नै रातभर लाइन लाग्नुपर्ने भएपछि उनीहरुले दुख पाउदै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #स्मार्ट लकडाउन
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्