कोभिड–१९ महामारी रोकथामका लागि देउवालाई १८ बुँदे सुझाव
काठमाडौं । कोभिड–१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आवद्ध विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको व्यक्ति स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव दिएका छन् । त्यसैगरी स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न आग्रह गरिएको छ ।
अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ । अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #देउवालाई १८ बुँदे सुझाव
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्