कति सफल होलान छिमेकी मुलुकसँग प्रधानमन्त्री देउवा धुमलिएको सम्बन्ध सुधार गर्न

काठमाडौं । देशमा नयाँ सरकार बन्ने बित्तिकै बधाई तथा शुभकामना दिन बिभिन्न देशहरुको प्रतिनिधित्व गर्ने राजदुतहरुको दौडधुप नै चल्छ । बिगतको आपसी सम्बन्ध र मित्रता झनै प्रगाढ गराउने बिषयमा छलफल पनि हुन्छ । तर, सरकारको नेतृत्व गर्नेले बिभिन्न देशसँग सन्तुलित कुटनैतिक सम्बन्ध राख्न नसक्दा तिक्तता बढ्ने गरेको देखिन्छ । जसलाई सुधार्न प्रधानमन्त्री शेरबहादुर देउवाले कस्तो भूमिका निर्वाह गर्नुपर्ला भन्ने चासो बढेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै यतिबेला बिभिन्न देशको प्रतिनिधित्व गर्ने राजदुतहरुको बधाई तथा शुभकामना दिन दौडधुप चलिरहेको छ । एक पटक मात्रै होइन कतिपय देशका राजदुतले त यो तीन दिनमा दुई पटक समेत भेटिसकेका छन् । सरकार परिवर्तनसँगै आफनो प्रभाव जमाउन र राष्ट्रको स्वार्थ पूरा गर्न निरन्तर सक्रिय हुन्छन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्न नसक्दा समस्या पैदा भएको बिश्लेषण पनि भइरहेको छ । ओलीले ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग नजिक हुन खोज्दा दुबै देशसँग नेपालले साख गुमाएको थियो । विगतमा उग्रबादको नारा बढी लगाउने तर, भित्र–भित्र अर्के काम ओलीले गरेकै कारण नेपाल कुटनितिक रुपमा कमजोर भएको बिश्लेषण हुन थालेको छ । विगतमा धुमलिएको सम्बन्धलाई सुधार गर्नुपर्ने अभिभारा अव प्रधानमन्त्री देउवाको काँधमा आएको छ ।
देउवाले छिमेकी मूलुक लगायत अन्य देशसँग सम्बन्ध सुधार गर्न राष्ट्रको हितमा र जनतालाई केन्द्रका राखेर काम गर्नुपर्ने देखिन्छ । दोहोरा चरित्र नदेखाउने र नेपालले गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएर विश्वास दिलाउनुपर्ने परराष्ट्रविद डा.दिनेश भट्टराई बताउछन् । देशको परराष्ट्र नीति अनुसार नै देउवाले अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने देखिन्छ । अन्य देशसँग सन्तुलित सम्बन्ध कायम गरे मात्रै देउवाले अन्तराष्ट्रिय स्तरमा सम्बन्ध सुधार गर्नसक्ने परराष्ट्रविद लोकराज बरालको भनाई छ ।
२०७४ सालमा तत्कालीन एमाले–माओवादी गठवन्धनले चुनाव जित्नासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त नहुँदै फोन गरेर बधाइ दिए । ओली प्रधानमन्त्री बन्नासाथ मोदीको दोस्रो ‘बधाइ फोन आयो । अहिले ओली सरकार ढलेर देउवा प्रधानमन्त्री बनेको तीन दिनसम्म मोदीले बधाई तथा शुभकामना सन्देश पनि दिइएका छैनन् । तर, भारतीय मिडियामा देउवाको सत्तारोहणको विषयले राम्रै स्थान पाइरहेको छ ।
नेपालको उत्तरी छिमेकी चीन देउवाको सत्तारोहणमा चार दिनपछि मात्रै बधाई दियो । त्यो पनि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार भेटेर बधाई दिइन । बिगतमा प्रधानमन्त्री बन्ने बित्तिकै भ्रमणको निम्तो दिने भारत अनि बधाई दिन हतारिने राजदुत चार दिनपछि मात्रै भेट्नुले अर्थपूर्ण सन्देश दिएको छ । तर, विगतमा धमिलिएको सम्बन्ध सुधार गर्न देउवाले कति सक्छन् त्यो भने भबिष्यले नै बताउनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उत्तरी र दक्षिणी छिमेकी मुलुक, #नयाँ सरकार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्