Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

माधव नेपालप्रति ओली आक्रोशित,गद्धारको संज्ञा दिदै एमालेमा ढोका बन्द भएको जिकिर

घरको बाल्कोनीबाट नेता नेपाल र अदालतलाई गाली


काठमाडौं । एमाले अध्यक्ष एवंम निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका छन् । अदालतको परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओली बिहान ११ बजे बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका हुन । ओली बालुवाटारबाट बालकोट जाँदा राजकिय रबाफ देखाउनेगरि युथफोर्सले स्कटिङसहित नाराजुलुस गरेको थियो । एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जाल मार्फत युथफोर्सलाई र्यालीका लागि आह्वान गरेका थिए । सोही आह्वानका आधारमा सडकमा स्टकिङसहित नारावाजी गरिएको थियो ।

सडकमा ओलीको पक्षमा नारा लाग्दा, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित सर्बोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध नाराबाजी गरिएको थियो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका थिए। देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका थिए।

बालकोटको बाल्कोनीबाट माधव नेपाल र चोलेन्द्र शमशेरलाई गाली
बालुवाटारबाट बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालको अदालतमा भएको टिप्पणी गरे । उनले भने, ‘अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा हाम्रो अदालतमा भएको छ, अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओलीले बालकोटको बाल्कोनीबाट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए । निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी नरहेको बताए । उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निवर्तमान प्रधानमन्त्री, #नेपालप्रति ओली आक्रोशित

तपाईको कमेन्ट लेख्नुहोस्