माधव नेपालले खोजे एमालेको दोस्रो अध्यक्ष, अदालतलाई प्रभाव पार्नेगरी सहमति नगर्ने जिकिर
सिंहदरबारमा कार्यदलको बैठक जारी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीको दोस्रो अध्यक्ष मागेका छन् । आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति बरिष्ठ नेता नेपालले असहमति जनाउदै दोस्रो अध्यक्ष मागेका हुन् । आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतवार विहान बोलाएर नेपालले मस्यौदाप्रति असन्तुष्टि जनाएका थिए ।
नेपालले केपी शर्मा ओलीको एकल अधिकार रहनेगरी एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् । सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने भएपछि ८ बजे सहमति सार्वजनिक गर्ने भनेको कार्यदलको बैठक फेरि सुरु भएको छ । विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।
ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपाल पक्षका नेताहरुको छ । ओलीले आफू पक्षधर वार्ता टोली सदस्यहरुलाई दोस्रो अध्यक्षमा सहमति दिएमा तत्कालै एमालेको आन्तरिक एकता टुंगिने बताइएको छ । नेपालले पार्टीमा अध्यक्ष ओलीले विधि पद्दति मिचेर स्वेच्छारी निर्णय गर्ने भएकाले संस्थागत ढंगले चलाउन आफ्नो समेत हस्ताक्षरमा सबै निर्णय हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । त्यस्ते, नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएकोमा समेत असहमति जनाएका थिए । ओली सर्वोच्चको फैसलाअघि कुनै कुनै न कुनै सम्झौता गर्ने पक्षमा रहदा नेपाल भने फैसला अघि कुनै सम्झौता नगर्ने पक्षमा देखिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #माधव नेपाल
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्