बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री ओली, मेलम्ची बजारलाई सुरक्षित स्थानमा सार्ने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी गएको २६ दिनपछि शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्। उनले हेलम्बुको गणेशेबगरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई राहतस्वरुप तत्काल ५० हजार रुपैयाँ दिने आश्वासन समेत दिए । यस्तै मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन पनि दिए।
असार १ गते मेलम्चीमा आएको बाढीले तटवर्ती क्षेत्रका बजारमा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए । उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गरे ।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशमशेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङ समेत बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #बाढी प्रभावित मेलम्ची र हेलम्बु
ताजा खबर
- १फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- २सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
- ३काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- ४असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ५उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ



तपाईको कमेन्ट लेख्नुहोस्