एमालेमा सहमतिको खाका तयार पार्दै कार्यदल, ओली र नेपालले संयुक्त बिज्ञप्ती जारी गर्ने
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ । आजको वार्ता निर्णायक हुन सक्ने कार्यदल सदस्यहरुको विश्वास छ ।
पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेत माधवकुमार नेपालबीच हिजो बेलुकी २ घण्टा छलफल भएको थियो । सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरु सहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो ।
अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए । छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्