Techie IT
  • १४ साउन २०७८, बिहीबार
KhojPatrika

जसपा फुटने निश्चित, महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको पार्टी आ–आफनै भएको दाबी

निर्वाचन आयोगद्वारा बिभाजनको प्रक्रिया प्रारम्भ


काठमाडौं । आन्तरिक किचलोमा भासिएको जनता समाजवादी पार्टी अब विभाजीत हुने पक्का भएको छ । पार्टीको महन्थ–राजेन्द्र समुह र बाबुराम–उपेन्द्र समुह बिचको मनमुटावका कारण जसपा फुटेको हो । दुवै पक्षले अब सहमतीको सम्भावना सकिएको भन्दै विभाजनको प्रकृया अगाडी बढाउन मंगलबार निर्वाचन आयोग समक्ष तमसुक पनि गरेका छन । कुन पक्षले आधिकारीकता पाउने भन्ने निर्णय इजलास गठन पछि गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने कि विरोध गर्ने भन्ने लामो समयदेखि बाबुराम–उपेन्द्र समुह र महन्थ–राजेन्द्र समुह बिच चलेको रस्साकस्सीलाई किनारा दिँदै जसपाका दुवै पक्षले विभाजीत हुने निर्णय गरेका छन् । सहमतीका लागी मंगलबार निर्वाचन आयोगले दुवै पक्षका नेताहरुलाई बोलाएको थियो ।  छलफल पछि दुई ओटै समुह एक हुन नसक्ने निस्कर्षमा पुगेका हुन् ।

छलफलका लागी निर्वाचन आयोगमा बाबुराम–उपेन्द्र समुहका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह पुगेका थिए । महन्थ–राजेन्द्र समुहका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा र लक्ष्मणलाल कर्ण निर्वाचन आयोग पुगेका थिए । उनीहरुले दुई पक्ष बिचको सहमतीको सम्भावना समाप्त भएकाले विभाजनको प्रकृया अगाडी बढाउन आयोग समक्ष तमसुक गरेका छन् । सुरुवाती छलफल दुबै पक्षले आफ्नो दावी नछाडेपछि निष्कर्ष बिहीन बनेको थियो । छलफलपछि महन्थपक्षका नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिए । उनले आफुहरु नै आधिकारीक भएको दाबी गर्दै अर्को पक्ष सहमति आउन नचाहेको बताए ।

त्यस्तै बाबुराम–उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना नरहेको बताए । तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन आग्रह गरेको उनले जानकारी दिए । अर्को पक्षले आत्मआलोचना गरेको खण्डमा सहमति हुने जानकारी गराए पनि महन्थ पक्षले नमानेको उनको दाबी छ । जसपाको विवाद मिलाउन नसके पछि निर्वाचन आयोगले वैधानिकताबारे निर्णय गर्न इजलास गठन गर्ने भएको छ । छलफलमा दुई पक्ष बिच सहमती नभएकाले अब राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

इजलासले अदालतले झैं कानूनी प्रमाणका आधारमा निर्णय दिने उनको भनाई छ । निर्वाचन आयोगमा बाबुराम–उपेन्द्र पक्षले पार्टीको आधिकारिकताको दाबी गरेको थियो । असार ४ गते अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरेका हुन् । तर अर्का अध्यक्ष महन्थ ठाकुरले असार १४ गते अध्यक्ष यादवको दाबी सहि नभएको भन्दै लिखितजवाफ पेश गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #जसपा फुटने निश्चित

तपाईको कमेन्ट लेख्नुहोस्