Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

असार १५ अर्थात् धान दिवस, उत्पादन घट्दो, खेतीयोग्य जमिनमा प्लटिङ बढ्दो


काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ–संगठनहरुले धान दिवसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । १७ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेको हो । नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छ असार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाल लगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ । असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।

खेतीयोग्य जमिन दैनिक रुपमा प्लटिङ हुँदा उत्पादन घट्दै गएको हो । समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ । जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५ को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरुको त पहाड नै बनेको छ ।अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन ।
धान खेतीको इतिहास
धानको उत्पति र खेतिको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एशियामै मानव सभ्यता र खेतिपातिको विकासक्रम धान खेतिसँग जोडिएको छ । धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको मानिन्छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवात्सँगै अगाडि बढेको पाइन्छ ।

एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ । विस्तारै मध्य एशिया र यूरोपमा फैलिएको यो वाली युरोपमा लगभक २ हजार बर्षअघि र अमेरिकामा ३ सय बर्षअघि मात्रै सुरु भएको मानिन्छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #असार १५, #धान दिवस, #राष्ट्रिय धान दिवस

तपाईको कमेन्ट लेख्नुहोस्