डिभिजन सडक कार्यालय ललितपुरमै राख्न गोदावरी नगरसभाको माग, प्रत्येक विद्यालयमा स्काउट युनिट स्थापना गरिने

ललितपुर । सरकारले ललितपुरमा रहेको डिभिजन सडक कार्यालयलाई काठमाडौंमा गाभिएको भन्दै गोदावरी नगरसभाले आपत्ती जनाएको छ । जिल्लाको सडक निर्माण र पूर्वाधार विकासमा काम गर्दै आएको सडक डिभिजन कार्यालय हटाइएको प्रति नगरसभाले आपत्ती जनाएको हो । भक्तपुरमा रहेको डिभिजन कार्यालय नेकपा एमालेका नेताहरुको दवावमा नहटाइएको तर, ललितपुरको कार्यालय हटाउनु सरकारले पक्षपाती गरेको नगरसभाले उल्लेख गरेको छ । नगरसभाले तत्काल निर्णय फिर्ता लिई यथास्थानमै डिभिजन सडक कार्यालय राख्न समेत माग गरेको छ ।
कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित गोदावरी नगरपालिकाको नवौँ नगरसभाले १ अर्ब ८२ करोड पाँच लाखको बजेट विनियोजन गरेको छ । उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गदै चालु खर्चतर्फ ९३ करोड ४४ लाख २० हजार र पुँजीगत योजनातर्फ ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको हो ।
यस्तै कोरोना महामारी विरुद्धको लडाईलाई प्राथमकितामा राखेको नगरपालिकाले वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शैयाको अक्सिजनसहित आइसोलेशन कक्ष निर्माण गर्नुका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टीभिटामिन र क्याल्सियमको व्यवस्था गर्ने जनाएको छ ।
यस्तै, नगरपालिकाले गोदावरीका पर्यटकीय क्षेत्रमा जानकारीमूलक डिजिटल बोर्ड राखिने, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट पर्यटकीय गन्तव्य स्थलहरूका बारेमा व्यापक प्रचारप्रसार गर्दै बाल उद्यान, फन पार्क र जलक्रिडा स्थलहरूको पनि विकास गर्ने योजना अघि सारेको छ । कृषि क्षेत्रको लगानी नतिजा मूलक बनाउन तरकारी खेतीका लागि लेल, पुष्पका लागि गोदावरी, च्याँउका लागि चापागाउँ र गोलभेडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गोदावरीले अघि सारेको छ । गोदावरीका जमिन बाँझो राखेको सूचना दिनेलाई जरिवानाको २५ प्रतिशत पुरस्कार, माटोको गुणस्तरको आधारमा उपयुक्त खेती गर्नेलाई प्रोत्साहन गर्न माटो परीक्षणको व्यवस्था, मोबाइल भेटेरिनरी एम्बुलेन्सको व्यवस्था गरी पशु स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाइने योजना ल्याएको छ ।
नगरपालिकाले कृषि तथा पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान, कृषि क्षेत्रको लगानीलाई नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेले, पुष्पका लागि गोदावरी, च्याउका लागि चापागाउँ र गोलभेँडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । गोदावरीले आकस्मिक सहयोग कोष खडा गरी सामुदायिक विद्यालयमा सेवारत शिक्षकको कुनै कारणले मृत्यु भएमा परिवार भरथेगका लागि ५० हजार रुपैयाँ दिने भएको छ । कोरोनाका कारण सञ्चालन भइरहेको वैकल्पीक शिक्षालाई ध्यानमा राखी गोदावरीले सबै सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेटको सुविधा जडानको ब्यवस्था र कक्षा १ मा २५ बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय २० हजार रुपैयाँका दरले प्रोत्साहन अनुदानको समेत ब्यवस्था गरिएको छ ।
यस्तै यो वर्षदेखि स्काउटको अधिकार स्थानीय तहमा गएसँगै नगरपालिकाले स्काउटलाई उच्च प्राथमिकता दिएको छ । नगरपालिकाले स्काउटका लागि १५ लाख बजेट विनियोजन गरेको छ । यस्तै नगरपालिका भित्रका प्रत्येक विद्यालयमा स्काउटको युनिट स्थापना गरिने र विपद ब्यवस्थापन सम्बन्धी नितिमा नेपाल स्काउटलाई समावेश गर्न र नेपाल स्काउटको इकाईमा स्तरमा बन्दै गरेको पहिलोे ठैब क्रयुको भवन निर्माणमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गोदावरी नगरसभा, #डिभिजन सडक कार्यालय
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्