सर्बोच्चबाट हटाइएका मन्त्रीहरुको जिम्मेवारी ४ मन्त्रीलाई दिइयो
काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोकेकी छिन् । पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् ।
विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेको उल्लेख गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्रीहरुको जिम्मेवारी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद




तपाईको कमेन्ट लेख्नुहोस्