प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजपनि जारी छ । मुद्धामा अधिवक्ताहरुले तोकिएको समय बमोजिम आजपनि बहस गर्नेछन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा संसद विघटन बदर गर्न माग गरि १ सय ४६ सांसदका तर्फबाट दायर रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन् ।
आज वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, हरिहर दाहाल, दिनमणि पाखरेल, सुनिल पोखरेललगायतले बहस गर्नेछन् । प्रत्येकलाई एक–एक घण्टाको समय दिइएको छ । बुधबारको बहसमा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रपतिको भूमिकालाई लिएर गम्भीर प्रश्न खडा गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघनमा प्रधानमन्त्री केपी ओलीभन्दा बढि भूमिका खेलेको उनीहरुको जिकीर थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संवैधानिक इजलास
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्