असारे विकासमा बजेट सक्ने हतारो,बालुवामा पानी हाल्ने काम भएको भन्दै चौतर्फी बिरोध

काठमाडौं । काठडमाडौं उपत्यकाका ठूला सडक निर्माणका लागि बर्षेनी करोर्डौ बजेट छुट्याईने गरेपनि सो अनुसारको सडक निर्माणको काम हुन नसकेको एक तथ्यांकले देखाएको छ । सडक विभाग र काठमाडौंं उपत्यका सुधार आयोजनाले निर्माण गरिरहेका सडकहरु समयमै सम्पन्न नहुदा सडकहरु हिलाम्ये हुने गरेका छन् । सडक विभागले बैशाख मसान्तसम्ममा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा १५६ ओटा पुल निर्माण गर्न सकेको छ ।
यसैगरी १३ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकोमा ८८५ किलोमिटर सम्पन्न भएको छ । यससगै विभागले ६७८ किलोमिटर ग्राबेल सम्पन्न गरेको छ । सडक विभागले निर्माण गर्ने सडकका लागि १ खर्ब १९ अर्ब बजेट छुट्याएको थियो । तर, विनियोजित बजेटको ५० प्रतिशतमात्र खर्च गर्न सकेको छ । विभागले बजेटको आधा मात्रै खर्च गर्न सकेको छ । १४ मिटरमाथिका २ हजार सडक निर्माण गर्ने विभागको लक्ष्यभएपनि वैदेशिकसहायत ऋणबाट बन्ने सडकहरु ठेक्का लाग्न नसकेर निर्माण हुनै नपाएको विभागका प्रवक्ता शिव नेपाल बताउछन् ।
विश्व वैंकले सहयोयगबाट ठेक्का पट्टा लागेको नागढुंगा नौविसे मुङ्लिन सडक, एशियाली विकास बैंकको ऋण सहयोगबाट नारायणघाट बुटवल सडक, आबुखैरेनी पोखरा, कमला कञ्चनपुरको काम हुन सकेन । ठेक्कै लाग्न नसकेर निर्माण अगाडी बढ्न नसकेर रकम फ्रिज भएर अर्थ मन्त्रालय फिर्ता हुने भएको छ । यसैगरी, काठमाडौं उपत्यका सडक सुधारआयोजनाले २४ मिटर अर्थात ६५ फुटमाथिका सडकहरु निर्माण गर्ने जिम्मा पाएको थियो ।
नागढुंगाबाट त्रिपुरेश्वर, चाबहिल साखु, लुबु लामाटार, सातदोवाटो गोदावरी, चापागाउँ लेले, भैसैपाटी टिकाभैरव, पेप्सीकोला सल्लाघारी सडक निर्माण भईरहेको भएपनि यी सडक निर्माणका लागि ६० करोड खर्च भइसकेको छ । लामो समयदेखि निर्माण भइरहेको भएपनि यी सडकको निर्माण यो बर्षपनि सम्पन्न हुन नसकेर बजेट थप लाग्ने भएको छ । यो बर्ष काम सम्पन्न हुन नसकेर सम्बन्धित डिभिजन सडक कार्यालयलाई जिम्मा लगाउन नसकिएको आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । स्थानिय तहले ८ मिटरतलका सडकहरु, सडक विभागले १४ मिटर माथिका सडक र २४ मिटर माथिका सडक काठमाडौं उपत्यका सडक सुधार आयोजनाले निर्माण गरिरहेका छन् ।
निषेधज्ञाका कारणदेखाउदै निर्माणसामग्री लानलाई समस्या भएकोभन्दै लेले टिकाभैरव सडक खण्डपनि निर्माण सम्पन्न हुन सकेन । सडक निर्माणका लागि करोडौं बजेट छुट्याईन्छ तर, समयमै सडक बन्न नसक्दा सडकमा पानी जम्ने हिलोहुने खाल्डाखुल्डी पर्ने समस्याका कारण हिडडुल गर्न र सवारीसाधन चलाउननै समस्या हुनेगरेको छ । बाढिपहिरोका कारण राष्ट्रिय राजमार्ग पनि अवरुद्ध बन्न थालेका छन् । लमजुङ् रसुवा, बझाङ, दैलेख, सुर्खेत, सल्यानका मुख्य सडक नै अवरुद्ध बनेका छन् । चाबहिल गोकर्ण सडक अहिले पनि हिलो जमिरहेका कारण सवारीसाधन चलाउनदेखि हिडडुलमा समस्या परेको गुनासो सर्वसाधारणले गरिरहेका छन् । तर, सडक बनाउने ठेकेदार कम्पनी र ठेक्का लगाउने सम्बन्धित कार्यालयले ध्यान दिएको पाईदैन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, राजनीति, समाचार
ट्याग : #असारे विकासमा बजेट, #सडकहरु हिलाम्ये
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्