अझै निषेधाज्ञा थप्ने योजनामा उपत्यकाका सिडियोहरु
काठमाडौं । थपिएको निषेधाज्ञाको म्याद सोमबार सकिने भएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न थालेको छ । उपत्यकामा जारी निषेधाज्ञा सम्बन्धमा निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा साझ ५ बजेपछि बैठक बस्ने तयारी छ । निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि सीसीएमसीमा स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको थियो । स्मार्ट लकडाउनबारे औपचारिक रुपमा भने जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी छैन । कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपनि निषेधाज्ञा थप्दै केही खुकुलो बनाउने गरी छलफल अघि बढाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्