अझै निषेधाज्ञा थप्ने योजनामा उपत्यकाका सिडियोहरु
काठमाडौं । थपिएको निषेधाज्ञाको म्याद सोमबार सकिने भएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न थालेको छ । उपत्यकामा जारी निषेधाज्ञा सम्बन्धमा निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा साझ ५ बजेपछि बैठक बस्ने तयारी छ । निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि सीसीएमसीमा स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको थियो । स्मार्ट लकडाउनबारे औपचारिक रुपमा भने जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी छैन । कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपनि निषेधाज्ञा थप्दै केही खुकुलो बनाउने गरी छलफल अघि बढाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्