उपेन्द्र यादव समूह निर्वाचन आयोगमा, पार्टीको वैधानिकता आफूलाई दिन दावी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग गएका छन् । अध्यक्ष यादवले पार्टीको वैधानिकता आफूहरुलाई दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।
यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो । सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए । आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।
यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् । आयोगले आफनो मागको सुनुवाई नगरे सर्बोच्च अदालत जाने निर्णय जसपाको यादव समूहले गरेको छ ।
यस्तो छ यादवले आयोगसँग गरेको दाबी
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद





तपाईको कमेन्ट लेख्नुहोस्