उपेन्द्र यादव समूह निर्वाचन आयोगमा, पार्टीको वैधानिकता आफूलाई दिन दावी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग गएका छन् । अध्यक्ष यादवले पार्टीको वैधानिकता आफूहरुलाई दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।
यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो । सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए । आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।
यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् । आयोगले आफनो मागको सुनुवाई नगरे सर्बोच्च अदालत जाने निर्णय जसपाको यादव समूहले गरेको छ ।
यस्तो छ यादवले आयोगसँग गरेको दाबी
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा





तपाईको कमेन्ट लेख्नुहोस्