काठमाडौं उपत्यकासहित ७० बढी जिल्लामा एकसाता थपियो निषेधाज्ञा
काठमाडौं । उपत्यकासहित देशका ७० वटा जिल्लामा आजदेखि निषेधाज्ञा थपिएको छ । गृह मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो सातासम्म निषेधाज्ञा थपिएका हुन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वको निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सबैजसो जिल्लामा जनजीवनलाई विगत भन्दा केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न चिकित्सकहरुले सुझाब दिएका छन् । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा विगत एक महिनाअघिदेखी निषेधाज्ञा लगाइँदै आइएको छ ।
कोरोना रोकथामका लागि अवस्था र आवश्यकता हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिए अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मार्फत निषेधाज्ञाको आदेश जारी हुँदै आएको छ । निषेधाज्ञा थपिएका जिल्लामध्ये ताप्लेजुङ र मुस्ताङमा भने जिल्लाभर नभएर केही स्थानमा आंशिक निषेधाज्ञा गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्