गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त, को हुन त पोखरेल
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए । तर, आज कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेपछि अन्योल भएको थियो । अन्ततः प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता नदिएको बताइएको छ ।
को हुन गन्डकीका नव नियुक्त मुख्यमन्त्री
७१ वर्षीय कृष्णचन्द्र नोपली पोखरेल पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उनी २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेकेका हुन । आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।
२०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए । २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं। ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कृष्णचन्द्र नेपाली पोखरेल, #गण्डकी प्रदेश, #प्रदेश प्रमुख सीता पौडेल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ




तपाईको कमेन्ट लेख्नुहोस्