बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको आक्रोश, आवाज उठाउदा प्रतिबन्ध लगाउन पाइदैन
एजेन्सी लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्ना नौ जना नागरिक र चार संस्थानहरुमाथि चीनले प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् । चीनमा अल्पसंख्यक उईघुर समुदायको पक्षमा आवाज उठाएको बाहानामा चीनले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको भन्दै बेलायती प्रधानमन्त्री जोनसोनले आपत्ति जनाएका हुन् ।
चीनमा अल्पसंख्यक उईघुरहरुको हक अधिकारको पक्षमा बोल्नु आधारभुत बिषय भएको प्रधानमन्त्री जोनसोनले बताए । जोनसोनले ट्विइट गर्दै चीनमा उईघुर जाति बिरुद्ध दमन भइरहेको र यही बिषयमा आवाज उठाएको बाहानामा आफ्ना नागरिक तथा केही सांसदमाथि चीनले प्रतिबन्ध लगाएको बताएका हुन् ।
मानव अधिकार हनन गर्ने बिरुद्ध आवाज उठाउनु आधारभुत अधिकार भएको र यसको पक्षमा आफु अडिग रहेको प्रधानमन्त्री जोनसोनले ट्विइट गरे । चीनले मानवअधिकार उल्लंघन गरेको भन्दै यूरोपेली संघ तथा बेलायतले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध गर्ने निर्णय गरे लगक्तै चीनले नौ जना बेलायती नागरिक तथा चार संस्थानहरुलाई प्रतिबन्धको घोषण गरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #जोनसोनले ट्विइट, #बेलायती प्रधानमन्त्री बोरिस
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्