मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए ।
४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #मुख्यमन्त्री शेरधन राई, #राई वैवाहिक जीवनमा
ताजा खबर
- १उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- २कलाकार बले हाजिरी जमानीमा रिहा
- ३रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- ४देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ५सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्