राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा
काठमाडौं । तीन दिन नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्। नेपाल–भारतका सेनाध्यक्षले एकअर्का देशको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन छ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आएका हुन्। आज बिहान जङ्गी अड्डामा उनी विभिन्न कार्यक्रमहरुमा सरिक भएका थिए । त्यस्तै उनले प्रधानसेनापति थापासँग पनि भेटवार्ता गरेका छन्।
भेटमा जनरल नरवणेले नेपाली सेनालाई सहयोगस्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरसमेत हस्तान्तरण गरेका थिए। प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। भोलि शुक्रबार नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भारतीय स्थल सेनाध्यक्ष
ताजा खबर
- १राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
- २बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- ३प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ४यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ५प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ



तपाईको कमेन्ट लेख्नुहोस्