Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

कहिलेसम्म जनता मारेर बिचौलिया पोस्ने ?


चाडपर्व नजिकिदो छ । कोरोनाले ब्यापार ब्यवसायीदेखि लिएर सबै क्षेत्र ठप्प छन् । दिनभरी कमाई गरेर बिहान बेलुकाको छाक टार्नेहरुलाई हात मुख जोर्न धौ धौ छ । न होस पनि कसरी करिव ७ महिनाको बन्दाबन्दी छिटपुट रुपमा मात्रै काम गर्नुले परिवार पाल्न धौ धौ हुनु स्वभाविकै हो । धत् पापीहरु यहि मेलोमेसोमा जनताको भान्सासम्म पुग्ने खाद्य पदार्थमा मिसावट गर्नमात्र नभएर नक्कली स्टिकर टाँस गरी म्याद गुज्रिएका र अखाद्य बस्तुहरु बजारमा पठाइरहेका छन् । एकातिर कोरोना महामारीका कारण स्वास्थ्य सजकता अपनाई आफनो दैनिकी चलाउनैका लागि काम धन्दामा दौडधुप गरिरहेकाहरुलाई दलाल र माफियाहरुको मिसावटको धन्दाले भने कतिखेर स्वास्थ्यमा प्रतिकुल असर पारी अस्पतालको शैयामा छटपटाउनुपर्ने हो भन्ने चिन्ताले सताएको छ ।

यतिसम्म बिकराल अवस्था आइसक्दा पनि सरोकारवाला निकाय कानमा तेल हालेर बस्नुले यसभित्र पक्कैपनि कालो कर्तुत भएकै छ । होइन भने उपभोक्ता संरक्षणका नाममा,उपभोक्ता हित अधिकारका नाममा, खाद्य गुणस्तरका नाममा, खाद्य गुणस्तरको मापदण्डका नाममा खोलिएका निकायहरु किन तै चुप मै चुपको अवस्थामा पुगे त ? हुनत् सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग यस्तै कुराहरुको अनुगमन, नियन्त्रण र नियमनका लागि गठन गरेको हो । जहाँ यहि काम गर्ने भनी सयौ जनशक्ति जनताले तिरेको करवाट तलव भत्ता सहितको सेवा सुविधा लिई डकार्दे बसिरहेका छन् ।

यता उपभोक्ता हित संरक्षणका नाममा खोलिएका एनजिओ आइएनजिओ धारी पसलहरु खाली डोनरको डलर पचाउनमै ब्यस्त देखिन्छन् । न भए त यीनीहरुले पनि गर्न सक्थ्ये होलान नी बजार अनुगमन । बजारमा ४० रुपयौमा पाउने प्याज छिमेकी मुलुक भारतले आयातमा रोक लगाएको एक घण्टामै किलोमै तेब्बर मुल्य बृद्धि हुँदा समेत उपभोक्ताले खरिद गर्दे आइरहेका छन् । बजार अनुगमनका नाममा उद्योग बाणिज्य आपुर्ती मन्त्री स्वयम् ब्यापारीसँग ठगीदा समेत कहि कतैबाट त्यस्तालाई कारवाही गर्न नसक्कने सरकारबाट जनताले के सुशासनको अपेक्षा गर्ने ?

केही निजी बजारबाट सोझा साझा ब्यापारीबाट केही क्विन्टल खाद्य सामग्री बरामत गर्ने र आफ्ना नजिकका र पहुँचवालालाई उन्मुक्ति दिने परिपाटिकै कारण केही गर्न खोज्ने सधैं हतोत्साहित हुँदै गइरहेका छन् भने ब्रम्हलुट गर्नेहरु छाति फुलाएर अझ सरकारी छुटको सुविधा लिइरहेका छन् । यस्तै नियती भोगिरहेका छन् आम उपभोक्ताले । तपाई हामी सोझा जनता त केवल यीनै नेता अनि मन्त्रीका भोट बैंक मात्रै हौं । हाम्रो चुल्हो नबलेर के भो र ? हामीले सत्तामा पुर्याएकाहरु चौरासी बेन्जनमा मस्त छदैछन् ।

हामी अखाद्य बस्तुका कारण बिरामी भएर थलै परेपनि हाम्रा नेताहरुलाई रोजीरोजी बिदेशी पकवाना भान्सामा पुगिहाल्छ । यस्तै गलत धन्दा गर्ने दुई चार जना ब्यवसायी र ठेकेदार बिचौलिया उहाँहरुका पक्षमा छदैछन् । हामी यत्ति भन्छौं । चाडबाडको मुखमा तोकिएभन्दा बढी मुल्य तिर्न नपरोस् अखाद्यबस्तु बस्तुको बेचबिखन गर्नेलाई कडाभन्दा कडा कारवाही होस् । झारा टार्न र बार्गेनिङ गर्न नभई नियमित रुपमा बजार अनुगमन गरी सहि काम गर्नेलाई सान्त्वना र गलत काम गर्नेलाई दण्ड सजाय हुनैपर्छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #खाद्य गुणस्तर, #खाद्य गुणस्तरका नाममा, #ब्यापार ब्यवसायी

तपाईको कमेन्ट लेख्नुहोस्