कसले कुट्यो कार्यकक्षमै भ्रष्टचार बिरोधी उपसचिव प्रेम सञ्जेललाई
काठमाडौं । भ्रष्टचार बिरोधी छवि बनाएका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण भएको जानकारी दिएका छन् । घटना शुक्रबार दिउँसोको भएपनि शनिबार मात्र घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालयमा अहिले सोही विषयमा छलफल भइरहेको बताइएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् । कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपसचिव प्रेम सञ्जेल, #कार्यकक्षमै कुटिए, #प्रेम सञ्जेल, #मोरङ प्रहरी
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्